Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आरक्षण विरोधी आन्दोलनमा ३ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

आरक्षण विरोधी आन्दोलनमा ३ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते


  • 1.9K
    Shares

    आरक्षण विरोधी आन्दोलनमा ३ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते
    images

    बङ्गलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मङ्गलबार कम्तिमा तीन जनाको मृत्यु भने चार सयभन्दा बढी घाइते भएका छन् ।

    बङ्गलादेशका प्रधानमन्त्री र सर्वोच्च अदालतले विद्यार्थीहरूलाई कक्षामा फर्कन गरेको आह्वानलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरूले विरोध जारी राखेका छन् ।

    सरकारले योग्यतामा आधारित योजना ल्याउनुपर्ने माग राख्दै विद्यार्थीहरूले हप्ता दिनदेखि दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।

    उनीहरूले सरकारले छुट्याएको आरक्षणमा निश्चित समूहले मात्रै लाभ लिइरहेको भन्दै त्यसलाई हटाउन माग गरिरहेका छन् ।

    यस व्यवस्थाले सन् १९७१ मा भएको पाकिस्तान मुक्ति युद्धताका महत्वपूर्ण योगदान गरेका राष्ट्र नायकहरूका सन्तानहरूसहित विशिष्ट समूहहरूका लागि निजामती सेवामा आधाभन्दा बढी सिट आरक्षित गरिएको छ ।

    यस प्रणालीले सरकार समर्थक समूहका बच्चाहरूलाई फाइदा पुर्‍याउँछ ।

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - २०:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij