Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने


  • 2.1K
    Shares

    सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने
    images

    काठमाडौं ।  सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

    उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जनाएको हो । 

    बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बंैकले प्रत्येक “नारी बचत खाता” खोले बापत बैंकको तर्फबाट मासिक रु। १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । 

    सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।

    पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा। रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - १६:२५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij