२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलका निवर्तमान अध्यक्ष गणेश आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
आचार्यले समाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रममा हस्तान्तरण गरिएका वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको बताए ।
त्यस्तै, प्रमुख अतिथि कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हस्पिटल आउने आमबिरामीले प्रत्यक्ष सेवा लिन पाउने भएकाले उक्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बैंकका कर्मचारीहरू तथा अस्पतालका महानुभावहरूको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij