Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इजरायली सेनाले गाजाको विद्यालयमा आक्रमण गर्दा २२ जनाको मृत्यु

इजरायली सेनाले गाजाको विद्यालयमा आक्रमण गर्दा २२ जनाको मृत्यु


  • 2.7K
    Shares

    इजरायली सेनाले गाजाको विद्यालयमा आक्रमण गर्दा २२ जनाको मृत्यु
    images

    काठमाडौं । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन् ।

    हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित मानिसहरू बस्दै आएको बताएको छ। तर, इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ ।

    जबकि प्रत्यक्षदर्शीहरूले बीबीसीअरबी सेवालाई दिएको जानकारीअनुसार शिविरमा सशस्त्र लडाकुहरू थिएनन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेको उनको भनाइ छ । पछिल्लो आठ दिनमा विद्यालय र वरपरको यो पाँचौं आक्रमण हो।

    गाजाको स्वास्थ्य मन्त्रालयले मानवीय क्षेत्रको रूपमा तोकिएको गाजाको क्षेत्रमा इजरायली हवाई आक्रमणमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

    हमासले एक विज्ञप्ति जारी गर्दै खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ ।

    सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो।

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - ११:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij