Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी


  • 2.3K
    Shares

    २२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी
    images

    २२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी रूसको पश्चिम र क्रिमियामा आइतबार रातभरमा २२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

    जिम्मेवारीमा रहेका हवाई रक्षा प्रणालीहरूले २२ वटा युएभी नष्ट गरी रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत दिएको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा १५, क्रिमियामा छ र लिपेट्स्कमा एउटा ड्रोन खसालिएको थियो ।

    कुस्र्कका गभर्नरले यसबाहेक कुस्र्कमा थप तीन युक्रेनी ड्रोन खसालिएको बताe । युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्ना आक्रमणहरू बढाएको छ, यसले रूसको सेनालाई इन्धन पु¥याउने दुवै ऊर्जा स्थलहरू, साथै सीमापारका सहर र गाउँहरूलाई लक्षित गरेको छ ।

    दुवै पक्षले सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा व्यापक रूपमा सयौं किलोमिटर फैलिएको क्षेत्रमा व्यापक ‘सेल्फ–डिटोनेटिङ क्राफ्ट’सहित ड्रोन प्रयोग गर्ने गरेका छन् ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - १८:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij