Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५.४५ अंकले घट्यो नेप्से, ४ अर्ब ४१ करोडको कारोबार

५.४५ अंकले घट्यो नेप्से, ४ अर्ब ४१ करोडको कारोबार


  • 6.8K
    Shares

    ५.४५ अंकले घट्यो नेप्से, ४ अर्ब ४१ करोडको कारोबार
    images

    काठमाडौं । सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ५ दशमलव ४५ अंकले घटेर नेप्से २५४३ दशमलव ५२ बिन्दुमा पुगेको हो ।

    हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।

    उन्‍नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य कित्तामा २५१ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ । अजोड इन्‍स्योरेन्स, महिला लघुवित्त र समीट लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

    सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६४ हजार ५१५ पटकको कारोबारमा ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्‍फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ ।

    बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १६:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij