Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार


  • 2.8K
    Shares

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
    images

    वासिङ्टन डीसी । अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ । शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली हानेर मार्ने प्रयास भएको पत्रकार सम्मेलनमा एफबीआई फिल्ड अफिसर केभिन रोजेकले भनेका छन् । 

    यो जघन्य अपराध भएको उनको भनाई छ । घटनाबारे घटनास्थलमा एफबीआईका कयौँ एजेन्टहरूले छानबिन गरिरहेकोमा पनि उनले जोड दिएका छन् ।  ट्रम्पमाथि गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको थियो भने अरू दुई जना गम्भीर घाइते भएका थिए ।

    गोली प्रहार गर्ने व्यक्तिको पहिचान पेन्सेल्भनियाका २० वर्षीय पुरुषको रूपमा भएको भएपनि उनको पहिचान र गोली प्रहारको उद्देश्य अहिलेसम्म स्पष्ट हुन नसकेको बताइएको छ । सन्दिग्धले ट्रम्पलाई मार्ने प्रयासमा गोली चलाएका थिए । गोली प्रहार हुँदा ट्रम्पले भर्खरै आफ्नो भाषण सुरु गरेका थिए । 

    गोली लागेपछि अस्पताल पुर्‍याइएका ट्रम्पलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन शुरु हुन ४ महिना भन्दा कम समय बाँकी रहँदा यो घटना भएको हो । यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - १०:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij