२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । समता घरेलु लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले आफ्ना संस्थापक शेयधरनीको नाममा रहेको ६४ हजार ९१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरमा संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाई संस्थाकाकेन्द्रीय कार्यालय बनेपा–७ काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने संस्थाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij