Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार १०० भन्दा बढीको मृत्यु

श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार १०० भन्दा बढीको मृत्यु


  • 1.6K
    Shares

    श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार १०० भन्दा बढीको मृत्यु
    images

    श्रीलङ्कामा सन् २०२४ को पहिलो छ महिनामा एक हजार १०३ सडक दुर्घटना भएको र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

    श्रीलङ्काका यातायात राज्यमन्त्री लासन्था अलागियावान्नाले देशमा सडक दुर्घटना दर बढी भएको स्वीकार गर्दै यसलाई नियन्त्रणका लागि सरकारले यथासम्भव प्रयास जारी राख्ने बताउनुभयो । 

    राष्ट्रिय सडक सुरक्षा परिषद्ले गति नियन्त्रण उपकरण खरिदका लागि श्रीलङ्का प्रहरीलाई पाँच करोड भारतीय रूपैयाँ (करिब एक लाख ६५ हजार अमेरिकी डलर) विनियोजन गरेको र आगामी दुई हप्ताभित्र नयाँ सडक गति सीमासहितको राजपत्र पनि जारी गरिने उहाँले बताउनुभयो । 

    श्रीलङ्कामा सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटना भएको र यसबाट दुई हजार ५५७ जनाको अकालमा मृत्यु भएको थियो । 

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - ०७:१५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij