२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभिएपछि बनेको ‘मातृभूमि लघुवित्त’ ले आज (असार २७ गते) बाट एकीकृत कारोबार सुर गर्दैछ ।
गत चैत ९ गते दुवै संस्थाको छुट्टाछुट्टै बसेको पाँचौं वार्षिक साधारणसभाले मर्जर (गाभ्ने गाभिने) प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने यही जेठ २९ गते गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
सोसँगै जेठ २८ गतेसम्म किसान लघुवित्त र जाल्पा सामुदायिक लुघवित्तमा रहेका ग्राहकको सम्पत्ति तथा दायित्व नयाँ संस्था मातृभूमि लघुवित्तले सकार्ने बताइएको छ ।
संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलाली र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहनेछ ।
साथै, एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले कारोबार बन्द गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij