Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सपोर्ट लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

सपोर्ट लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा


  • 2.0K
    Shares

    सपोर्ट लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

    काठमाडौँ । सपोर्ट लुघवित्त वित्तीय संस्थाले लाभांशबापतको बोनस शेयर हितग्राही (डिम्याट) खाता जम्मा गराएको छ । 

    संस्थाले गत चैत १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित १३ प्रतिशत बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गराएको हो । 

    गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस जम्मा गरिएको र सो मितिपश्चात् अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । शेयर अभौतिकीकरणपछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा हुने बताइएको छ । 

    संस्थाले गत पुस १५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा भने बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बै.क तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा  कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि भनिएको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - ०७:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij