Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपाल एसबिआई बैङ्कले मनायो ३१ औँ बार्षिकोत्सव

नेपाल एसबिआई बैङ्कले मनायो ३१ औँ बार्षिकोत्सव


  • 2.2K
    Shares

    नेपाल एसबिआई बैङ्कले मनायो ३१ औँ बार्षिकोत्सव
    images

    काठमाडौं ।  नेपाल एसबिआई बैङ्क लिमिटेडले ३१ औँ बार्षिकोत्सव मनाएको छ । बैङ्कले आइतबार एक समारोहको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । 

    यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंक प्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरे । 

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्न पर्नेमा पनि जोड दिएका थिए ।

    त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पडाले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिएका थिए । प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए । 

    नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर रामपुर बजार, पाल्पा सहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम र १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

     

     

     

     

    प्रकाशित मिति :आषाढ २४ २०८१ सोमवार - १२:१४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij