२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा बनेको नयाँ समीकरणसँगै सोमबार एमालेका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रुपमा राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेमा एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ छन् ।
कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार छन् । लामा यसअघिको सरकारमा एक वर्ष आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij