Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

फ्रान्समा वाम गठबन्धनको अग्रता, तेस्रो स्थानमा झर्यो दक्षिणपन्थी ‘राष्ट्रिय र्याली’

फ्रान्समा वाम गठबन्धनको अग्रता, तेस्रो स्थानमा झर्यो दक्षिणपन्थी ‘राष्ट्रिय र्याली’


  • 2.3K
    Shares

    फ्रान्समा वाम गठबन्धनको अग्रता, तेस्रो स्थानमा झर्यो दक्षिणपन्थी ‘राष्ट्रिय र्याली’
    images


    पेरिस । फ्रान्सको संसदीय निर्वाचनमा सुरुवाती चरणमा अग्रता लिएको अति दक्षिणपन्थी दल ‘राष्ट्रिय र्याली’लाई तेस्रो स्थानमा धकेल्दै वाम गठबन्धन पहिलो स्थानमा उक्लिएको छ । 

    पहिलो चरणमा दक्षिणपन्थी राष्ट्रिय ¥याली (आरएन) पार्टीले अग्रता लिए पनि वामपन्थी र मध्यमार्गी पार्टीहरूबिच भएको रणनीतिक सहमतिका कारण दोस्रो चरणमा वामपन्थी दल ‘न्यू पपुलर फ्रन्ट (एनएफपी)’ ले सबैभन्दा बढी मत ल्याउने देखिएको छ । 

    मध्यमार्गी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । यो राष्ट्रपति इमानुएल म्याक्रोनको दल हो ।  अहिलेसम्मको परिणाले कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन नसक्ने देखिएको छ । 

    निर्वाचन परिणाम धमाधम आउँदैगर्दा अबको प्रधानमन्त्री को हुने हो भन्ने स्पष्ट भइसकेको छैन । वामपन्थी फ्रान्स अनबाउड पार्टीका नेता जीन–लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् । 

    अहिले मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय ¥याली निकाल्न सुरु गरेका छन् । स्पेनका वामपन्थी प्रधानमन्त्री पेड्रो सान्चेजले निर्वाचन परिणमप्रति खुशी व्यक्त गर्दै फ्रान्सले अति दक्षिणपन्थीहरूलाई अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् । 

    प्रकाशित मिति :आषाढ २४ २०८१ सोमवार - ०७:४२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij