Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह


  • 2.2K
    Shares

    बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले साविक गुराँस लाइफ र युनियन लाइफका शेयरधनीहरुलाई बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मर्ज हुनुअघि साविक गुराँस लाइफ र युनियन लाइफले आर्थिक वर्ष २०७८/७९मा वितरण गरेको बोनस शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो। उक्त आर्थिक वर्षका लागि गुराँसले १३.२७ र युनियनले ८.७९ प्रतिशत बोनस शेयर वितरण गरेको हो।

    अझै पनि कतिपय शेयरधनीहरुलाई आफूले प्राप्त गर्ने बोनस शेयरको करबापतको रकम दाखिला नगरेको सूचनामा उल्लेख छ। करबापतको रकम दाखिला गरी सोको भौचर वा निस्सा कम्पनीको ई–मेल दयलगकतबह२जष्mबबिथबलषिभ।अयm।लउ मा पठाउन सूचनामा जानकारी गराइएको छ।

    लाभांश कर चुक्ता भुक्तानी गरी सोको निस्सा पेस नभएसम्म बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।

    बोनस शेयरमा लाग्ने करको रकम काठमाडौंको बत्तीसपुतलीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखामा रहेको कम्पनीको बैंक खाता ०१२०१०२०२५४३८० मा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ।

    प्रकाशित मिति :आषाढ २४ २०८१ सोमवार - ०७:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij