Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने चैत १७ गते अन्तिम दिन

उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने चैत १७ गते अन्तिम दिन


  • 6.6K
    Shares

    उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने  चैत १७ गते अन्तिम दिन

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १७ दशमलव ८१ प्रतिशत लाभांश सुरक्षित गर्ने चैत १७ गते (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले बोनस शेयर र एफपीओ जारी गर्ने प्रस्ताव गर्दै चैत ३१ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । 

    होटल पौवा भैरहवा, रुपन्देहीमा बिहान १०:३० बजे कम्पनीले सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि चैत १८ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले चैत १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन् । 

    कम्पनीले हाल कायम चुक्तापूँजी रू १४ करोड ९५ लाख ३६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बोनस पश्चात कायम शेयर स्वामित्वमा सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न रू १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै सभाले संस्थापक शेयरधनीहकोतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनलाई अनुमोदन पनि गर्नेछ । 

    भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । 

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १२:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij