Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

जोन सिनाले लिए रेस्लिङबाट सन्यास

जोन सिनाले लिए रेस्लिङबाट सन्यास


  • 3.2K
    Shares

    जोन सिनाले लिए रेस्लिङबाट सन्यास
    images

    अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् ।

    क्यानडामा शनिबार राति सम्पन्न डब्लुडब्लूई मनी इन द बैंक प्रतिस्पर्धामा उपस्थित हुँदै सिनाले सन्यासको घोषणा गरेका हुन् ।

    उनले भने, ‘आज म आधिकारिक रूपमा डब्यूडब्यूईबाट सन्यासको घोषणा गर्छु ।’ उनको सन्यासले आश्चर्यचकित बनेका समर्थकहरुले रेस्लिङमार्फत् आफूहरुलाई रमाइलो प्रदान गरेकामा धन्यवाद दिए ।

    सन् २०२५ मा उनको बिदाइ टुर हुने बताइएको छ । जसमा उनी केही प्रतियोगिता सहभागी हुनेछन् । सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन् । उनी कुशल रेस्लर हुन् । उनले १६ पटक विश्व च्याम्पियन बने ।

    पत्रकार सम्मेलनमा शारीरिक अशक्तताले रेस्लिङबाट टाढा रहे पनि डब्यूडब्यूईबाट टाढा नरहने बताए । सिना अभिनेता पनि हुन् । उनले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट अभियनमा डेब्यू गरेका थिए ।

    उनले आधा दर्जनभन्दा बढी ठूला बजेटमा बनेका हलिउड फिल्ममा अभिनय गरेका छन् । बढ्दो उमेरका कारण सन् २०१८ देखि सिना डब्यूडब्यूईमा पार्ट टाइमका रुपमा सहभागी थिए । एजेन्सी

    प्रकाशित मिति :आषाढ २३ २०८१ आइतवार - १४:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij