Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेश सरकार

मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम

मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम


  • 3.1K
    Shares

    मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम

    काठमाडौं ।  नेपाली कांग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो ।

    कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ ।

    कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।

    राज्यमन्त्रीको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।  

    प्रकाशित मिति :आषाढ २३ २०८१ आइतवार - १४:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij