Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

गण्डकी प्रदेश 

सर्वोच्च अदालतबाट मुद्दा जितेका फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त 

सर्वोच्च अदालतबाट मुद्दा जितेका फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त 


  • 3.0K
    Shares

    सर्वोच्च अदालतबाट मुद्दा जितेका फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त 
    images

    पोखरा । गण्डकी प्रदेश सांसद फणिन्द्र देवकोटा पुनः उर्जामन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (आइतबार) ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । 

    सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद् छिरेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । 

    गत जेठ २८ गते नेकपा (माओवादी केन्द्र)को निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए ।  

    माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए ।

    माओवादी केन्द्रको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न आदेश भएको थियो । 

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १०:३५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij