Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन 

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन 


  • 2.0K
    Shares

    आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन 
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै जो बाइडेनले आफू नै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनाव जित्ने सही व्यक्ति भएको दाबी गर्नुभएको छ ।

    नर्थ क्यारोलिना राज्यमा चुनावी ¥यालीमा राष्ट्रपति बाइडेनको कडा भनाइ देशको सबैभन्दा प्रभावशाली पत्रिकाले उहाँलाई पद त्याग्न आग्रह गर्नुभन्दा केही समयअघि नै र डेमोक्रयाटिक पार्टीमा ८१ वर्षीय उहाँलाई आफ्नो उम्मेदवारको रूपमा प्रतिस्थापन गर्ने विषयमा चिन्ता व्यक्त भइरहेका बेला आएको हो । 

    “म पहिलेजस्तो सजिलोसँग हिँड्न सक्दिनँ । म पहिलेजस्तो सहजै बोल्न सक्दिनँ । म पहिलेजस्तो बहस गर्दिनँ,” राष्ट्रपति बाइडेनले आफ्ना समर्थकलाई असामान्य रूपमा स्वीकारोक्तिपूर्ण टिप्पणी गर्दै भन्नुभयो । 

    “तर म साँचो कुरा कसरी भन्ने जान्दछु । यो काम कसरी गर्ने मलाई थाहा छ”, तालीको गडगडाहटबीच उहाँले भन्नुभयोे, “जब तपाईं ढल्नुहुन्छ फेरि उठ्नुहुन्छ ।”

    बाइडनको टोली बिहीबारको बहसपछि क्षति नियन्त्रणको अवस्थामामा छ । उहाँ अक्सर हिचकिचाउनुभएको थियो । शब्द चयनमा हडबडाउनुभएको थियो । यसले पार्टीमा उहाँको अर्को कार्यकाल पूरा गर्ने क्षमताको बारेमा डर बढाएको थियो । उहाँले आफ्नो बढ्दो उमेरको बारेमा भ्रम हटाउन र ट्रम्पलाई अभ्यस्त झूटको रूपमा पर्दाफास गर्ने आशा पार्टीले गरेको थियो ।

    राष्ट्रपति बाइडेनले आफ्नो शब्दभेदी प्रतिद्वन्द्वीको सामना गर्न असफल हुनुभएको थियो । ट्रम्पले अमेरिकी अर्थव्यवस्थादेखि आप्रवासनसम्म सबै कुराको बारेमा झूटा वा भ्रामक बयानहरूको एक ठूलो चुनौतीको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । 

    शुक्रबार बाइडेनले डेमोक्र्याटले टेलिभिजनमा प्रसारण भएको बहसमा भनेको कुरा सुनाउँदै भन्नुभयो, “के तपाईंले हिजो राति ट्रम्पलाई देख्नुभएको थियो? मेरो अनुमान के हो भने उहाँले एउटै बहसमा बोलेका सबैभन्दा धेरै झुटका लागि नयाँ रेकर्ड बनाउनुभएको छ ।

    “डोनाल्ड ट्रम्प यो देशका लागि वास्तविक खतरा हनुहुन्छ । उहाँ हाम्रो स्वतन्त्रताका लागि, लोकतन्त्रका लागि खतरा हुनुहुन्छ । उहाँ शाब्दिक रूपमा अमेरिकाका लागि खडा हुने सबै चीजका लागि खतरा हनुहुन्छ । 

    ट्रम्पले भर्जिनियामा आयोजित एक ¥यालीमा बोल्दै बाइडेनमाथि शब्दप्रहार गर्नुभएको थियो । 

    “यो उहाँको उमेर होइन, यो उहाँको योग्यता हो,” ट्रम्पले भन्नुभयो ।

    “आज हरेक मतदाताले आफैलाई सोध्नु पर्ने प्रश्न राष्ट्रपति बाइडेन ९० मिनेटको बहस प्रदर्शनबाट बच्न सक्छन् कि सक्दैनन् भन्ने होइन, तर के अमेरिका अझै चार वर्ष कुटिल जो बाइडनको जीवनबाट बच्न सक्छ कि सक्दैन भन्ने हो ।”

    ट्रम्पले बाइडनको स्थानमा अर्को उम्मेदवार आउने सम्भावनालाई सङ्केत गर्दै भन्नुभयो, “वास्तवमा, उहाँले अन्य डेमोक्र्याटभन्दा चुनावमा राम्रो प्रदर्शन गर्नुभएको छ भन्ने मलाई विश्वास लाग्दैन ।”

    अहिलेसम्म कुनै पनि वरिष्ठ डेमोक्र्याटिक व्यक्तित्वले सार्वजनिक रूपमा बाइडेनलाई उम्मेदवार फिर्ता लिन आग्रह गरेका छैनन्, अधिकांशले विद्यमान टिकटमा अडिग रहने पार्टीको लाइन पछ्याएका छन् ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बहसलगत्तै भन्नुभयोे, “म राष्ट्रपति बाइडेनको विकल्पमा अन्य उम्मेदवारको कल्पना गरी समर्थनबाट कहिल्यै पछि हट्ने छैन ।”

    टिकट परिवर्तन गर्न बाध्य पार्नु राजनीतिक रूपमा खतरनाक हुनेछ र बाइडेनले अर्को महिना हुने पार्टी अधिवेशनअघि अर्को उम्मेदवारका लागि मार्ग प्रशस्त गर्नका लागि नाम फिर्ता लिने निर्णय गर्नुपर्नेछ । 

    राष्ट्रपति बाइडेनले प्राथमिक मतदानमा भारी मत प्राप्त गर्नुभएको छ र सिकागोमा हुने अधिवेशनमा जाने पार्टीका तीन हजार ९०० प्रतिनिधि उहाँप्रति आभारी छन् । यदि उहाँ बाहिर निस्कनुहुन्छ भने, प्रतिनिधिहरूको पनि प्रतिस्थापन खोज्नुपर्नेछ ।

    -पक्ष र र विपक्षमा तर्क -

    बाइडनका पूर्व प्रमुख बाराक ओबामाले एक्समा लेख्नुभएको छ, “रात्रि बहस कमजोर हुनसक्छन् । तर यो निर्वाचन ‘अझै पनि साधारण मानिसहरूको लागि जीवनभर लडेको व्यक्ति र आफ्नो मात्र ख्याल राख्ने व्यक्तिमध्ये एकको छनौट हो ।”

    बाइडेनको स्थान लिनका लागि स्वचालित होइन तर तार्किक व्यक्तिव उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो नेताको बहसको प्रदर्शनको बचाउ गर्नुभएको छ । 

    यद्यपि, नर्थ क्यारोलिनामा डेमोक्र्याटिक वफादारी र बाइडेनको अवज्ञाको प्रदर्शन न्युयोर्क टाइम्सका लागि पर्याप्त थिएन ।

    दैनिक पत्रिकाले बाइडेनको अभियानलाई ट्रम्पले निम्त्याएको खतराको सामना गर्दै ‘लापरवाह जुवा’ को रूपमा आलोचना गरेको छ । समाचार कक्षबाट अलग यसको सम्पादकीय समितिले राष्ट्रपतिलाई अलग रहन आह्वान गरेको छ ।

    “बाइडेनले अब गर्न सक्ने सबैभन्दा ठूलो सार्वजनिक सेवा भनेको आफू पुनः निर्वाचनका लागि उम्मेदवारी नदिने घोषणा गर्नु हो,” सम्पादकीय समितिले भनेको छ । 

    ट्रम्प वा अन्य डेमोक्र्याटिक नेताहरूमाथि बाजी लगाउन रुचाउने थुप्रै चुनावी समर्थकहरूले पनि बाइडेनलाई त्यागेका छन् ।

    बहस अघि, प्लेटफर्म स्मार्केट्समा शर्तकर्ताहरूले नोभेम्बरमा बाइडेनलाई जित्ने ३५ प्रतिशत मौका दिइरहेका थिए, तर शुक्रबार यो आँकडा २० प्रतिशतभन्दा तल झरेको थियो । दोस्रो बहस सेप्टेम्बर १० मा हुनेछ ।

    – न्युज एजेन्सी 

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ०७:१७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij