Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

गुगल ट्रान्सलेटले अब नेवारी भाषालाई पनि अनुवाद गर्ने, थपियो ११० ओटा नयाँ भाषा

गुगल ट्रान्सलेटले अब नेवारी भाषालाई पनि अनुवाद गर्ने, थपियो ११० ओटा नयाँ भाषा


  • 2.6K
    Shares

    गुगल ट्रान्सलेटले अब नेवारी भाषालाई पनि  अनुवाद गर्ने, थपियो ११० ओटा नयाँ भाषा

    काठमाडौं । अब सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि अनुवाद गर्ने भएको छ ।

    अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो ।

    यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ ।

    सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।

    ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको  कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ ।

    नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । त्यसमध्य क्याटोनिज पनि एक हो, जसलाई लामो समयदेखि अधिक व्यक्तिहरुले अनुवाद सुविधामा समावेश गर्न अनुरोध गरेका थिए ।

    ठूलो चुनौति र अप्ठ्याराहरु झेलेर क्याटोनिजलाई पनि समावेश गरेको ब्लगमा उल्लेख छ ।

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - ०९:४१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij