Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

राष्ट्रपतिले फिर्ता लिए विवादास्पद वित्त विधेयक

राष्ट्रपतिले फिर्ता लिए विवादास्पद वित्त विधेयक


  • 2.5K
    Shares

    राष्ट्रपतिले फिर्ता लिए विवादास्पद वित्त विधेयक
    images

    केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो ।

    केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’

    केन्यामा सरकारको नयाँ वित्त विधेयकलाई लिएर विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो तर संसदमा पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो । गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो । 

     

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - १४:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij