२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को को जेठ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३३ करोड माथि प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथयाङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरू ३ अर्ब ३३ करोड ३४ लाख रपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
उक्त समयमा हाल सञ्चालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीले ४ लाख ३० हजार वटा बीमा पोलिसी बिक्री गरेका छन् । प्रथम बीमा शुल्कको २४ प्रतिशत हिस्सा नेपाल लाइफले ओगटेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ८३ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, नेशनल लाइफले प्रथम बीमा शुल्कको १३ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । कम्पनीले यस अवधिमा ४४ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ३५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
अन्य कुन कम्पनीको कति ?
सूर्यज्योति लाइफले २३ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । हिमालयन लाइफले २३ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १८ करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
यता, एशियन लाइफले १८ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १७ करोड ९१लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, सिटिजन लाइफले १६ करोड ९५लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले १४ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १३ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
त्यसैगरी, मेट लाइफले ११ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ९३लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij