२०८२ भाद्र २६ गते बिहिवार
नैरोबी । सांसदहरूले कर बढाउने कानुन पारित गर्न लागेको विरोधमा केन्याको संसद् भवनमा प्रदर्शनकारीले गरेको आक्रमण रोक्ने प्रहरीले चलाएको गोलीले ५ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।
प्रदर्शनकारीले संसद् भवनका केही भागहरूमा आगजनी समेत गरेका छन् । प्रदर्शनकारीहरूले सिनेट कक्षमा समेत प्रवेश गरी हुलदंगा मच्चाएका थिए । प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गर्दापनि अटेर गरेपछि प्रहरीले गोली चलाएको थियो ।
‘हामी संसद् बन्द गर्न चाहन्छौँ । प्रत्येक सांसदले राजीनामा दिनुपर्छ,’ संसद्मा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी डेभिस टाफारीले रोयटर्सलाई भने, ‘हामीसँग नयाँ सरकार हुनेछ ।’ पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी बहिनी नाता पर्ने औमा ओबामा समेत प्रदर्शनीमा सहभागी थिइन् । उनीहरुले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij