Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

उडिको रहेको विमान अचानक २७ हजार फिट तल झरेपछि..

उडिको रहेको विमान अचानक २७ हजार फिट तल झरेपछि..


  • 1.9K
    Shares

    उडिको रहेको  विमान अचानक २७ हजार फिट तल झरेपछि..
    images

    सोल । दक्षिण कोरियाको सोेलस्थित इनच्योन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको ५० मिनेटपछि कोरियन एयरको केई १८९ उडान अचानक हजारौँ फिट तल झर्‍यो । यो घटनापछि विमानको आकस्मिक अवतरण गरिएको छ । यस घटनामा धेरै यात्रुलाई सास फेर्न गाह्रो भएको बताइएको छ ।

    विमान ताइवानको ताइचुङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान उडेको ५० मिनेटपछि जेजु टापुमा उडिरहेको थियो ।

    प्रेसराइजेसन सिष्टममा खराबीका कारण १५ मिनेटको अवधिमा विमान २६ हजार ९०० फिट तल झर्‍यो । उचाइमा रहेको विमान अचानक तल झर्न थालेपछि यात्रुहरूले धेरै समस्या भोग्नुपरेको थियो ।

    कसैको कान दुख्न थाल्यो त कसैलाई सास फेर्न समस्या भएको बताइएको छ । यात्रुहरू सुरक्षाको लागि अक्सिजन मास्क लगाउन बाध्य भएका थिए । विमान ताइचुङ विमानस्थलमा आकस्मिक अवतरण गरियो ।

    १७ जनालाई स्वास्थ्य उपचार दिइएको भएपनि पछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यस घटनाका लागि कोरियन एयरले यात्रीहरूसँग माफी मागेको छ ।

    यस मामिलामा छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको । पीडितका लागि खाना र यातायातको व्यवस्था गरिएको थियो ।

    घटना भएको १९ घण्टापछि २३ जुनमा अर्को विमानबाट यात्रीहरूलाई पठाइयो । एयरलाइन्सले प्रेसराइजेशन सिस्टम फेल हुनुको कारणबारे अनुसन्धान गरिरहेको कोरियन एयरका प्रवक्ताले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - ०९:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij