Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

१० दिनसम्म जंगलमा हराएका व्यक्ति भन्छन्– जुत्तामा पानी जम्मा गरेर पिउँथे

१० दिनसम्म जंगलमा हराएका व्यक्ति भन्छन्– जुत्तामा पानी जम्मा गरेर पिउँथे


  • 2.4K
    Shares

    १० दिनसम्म जंगलमा हराएका व्यक्ति भन्छन्– जुत्तामा पानी जम्मा गरेर पिउँथे
    images

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा १० दिनदेखि पहाडमा हराएका एक जना फेला परेका छन् । सीएनएनका अनुसार ३४ वर्षीय लुकास म्याक्लिस जुन ११ मा सान्ता क्रुज पहाडमा घुम्न गएका थिए ।

    जुन ११ मा उनी तीन घण्टाका लागि हाइकिङमा निस्किएका थिए । तर, फर्किने क्रममा उनी जंगलमा हराएका थिए ।

    म्याक्लिससँग केही जामुन र चार लिटर पानी थियो । यसैको सहयोगमा उनी १० दिनसम्म बाँचे ।

    क्यालिफोर्निया प्रहरीका अनुसार बिहीबार जंगलको बीचमा एउटा ड्रोनको सहयोगमा उनलाई भेटाइएको हो । उनी माटोले ढाकिएको र निकै कमजोर अवस्थामा फेला परेका थिए ।

    परिवारका सदस्यहरूका अनुसार उनीहरूले पहिले म्याकक्लिसलाई घर नजिकै खोजेका थिए । तर, जुन १६ मा परेको फादर्स डेको दिन पनि उनी नभेटिएपछि स्थानीय प्रहरीमा हराएको उजुरी दिएका थिए ।

    यसपछि लुकास म्याक्लिसलाई खोज्न प्रहरीले ३०० जनाको विशेष उद्धार अभियान सुरु गरेको थियो । उनलाई खोज्न प्रहरी र वन विभागले २६ सय वर्ग किलोमिटर जंगलमा ड्रोनमार्फत खोजी गरेका थिए ।

    आगलागीले हराए, जुत्तामा पानी जम्मा गरेर पिए !

    अमेरिकी न्युज च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा म्याकक्लिसले १० दिनसम्म जंगलमा एक जोडी प्यान्ट, जुत्ता र टोपी लगाएर मौसमको सामना गरेको बताएका छन् । उनले आफूले जुत्तामा पानी जम्मा गरेर पिउने गरेको पनि खुलाएका छन् ।

    म्याकक्लिसका अनुसार जंगलमा भएको आगलागीका कारण उनी हराएका हुन् ।

    अहिले उनले आराम गरिरहेका  छन् । उनको दुवै हात र काँधमा चोट लागेको छ ।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - १६:०९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij