Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

गर्मीका कारण हजयात्रामा गएका १३ सय भन्दा धेरै तीर्थालुले ज्यान गुमाए

गर्मीका कारण हजयात्रामा गएका १३ सय भन्दा धेरै तीर्थालुले ज्यान गुमाए


  • 1.9K
    Shares

    गर्मीका कारण हजयात्रामा गएका १३ सय भन्दा धेरै तीर्थालुले ज्यान गुमाए
    images

    गर्मीका कारण साउदी अरबमा हजयात्रामा गएका १३ सय भन्दा धेरै तीर्थालुले ज्यान गुमाएका छन् । चर्को गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको ज्यान गएको साउदी अरब सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

    साउदी अधिकारीका अनुसार विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये धेरै आधिकारिक अनुमति नलिएका अनधिकृत तीर्थयात्रीले ज्यान गुमाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले झन्डै पाँच लाख जना तीर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै बिरामी अस्पतालमा उपचाररत छन् ।

    हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको आलोचना भएको छ । साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकमध्ये सबैभन्दा धेरै छ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ । भारतले ९८ जनाको ज्यान गएको जनाएको छ । यस्तै, इन्डोनेसियाले दुई सयभन्दा बढी आफ्ना नागरिकको ज्यान गएको बताएको छ ।

    हजयात्रामा पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष झन्डै १८ लाख जना मानिस मक्का मदिना पुगेको साउदी अरबले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - १३:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij