Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

गरिमा विकास बैंकका ग्राहकलाई यी संस्थाको वस्तु तथा सेवामा ६० प्रतिशत छुट

गरिमा विकास बैंकका ग्राहकलाई यी संस्थाको वस्तु तथा सेवामा ६० प्रतिशत छुट


  • 2.3K
    Shares

    गरिमा विकास बैंकका ग्राहकलाई यी संस्थाको वस्तु तथा सेवामा ६० प्रतिशत छुट
    images


    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

    शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार सम्झौतापश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका ग्राहकहरूले यूएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार Mentorlab edx ले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् ।

    Mentorlab edx ले बालबालिकालाई oding र AI(Artificial Intelligence)  बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी विकास बैंकका ग्राहकले लगनखेल ललितपुरमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित NG Market का वस्तु तथा सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

    काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभरि १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - १२:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij