२०८२ भाद्र २६ गते बिहिवार
भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुले विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएका छन् ।
प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने उनको साथबाट करिब दुई सय लिटर विषालु मदिरामा मिथानोल मिसाइएको बरामद भएको छ ।
घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ । उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij