Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, साढे १२ लाख आवेदकको हात खाली

ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, साढे १२ लाख आवेदकको हात खाली


  • 7.8K
    Shares

    ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, साढे १२ लाख आवेदकको हात खाली

    काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केहीबेर पछि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार (आज) ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ ।

    ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुनेछ । 

    ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउने भाग्यमै पर पर्नुपर्ने भएको छ । १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६.४ गुणा बढी हो ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - ११:१६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij