Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज र जरिवाना छुट

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज र जरिवाना छुट


  • 2.0K
    Shares

    हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज र जरिवाना छुट

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज तथा जरिवाना छुट दिने भएको छ । 

    कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेख आजदेखि (असार ६) २३ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

    ग्राहकले ३ वर्षसम्मको व्यतित बिमालेख नवीकरण गर्दा शतप्रतिशत ब्याज र जरिवाना छुट, ३ देखि माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट पाउनेछन् । 

    यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने बताइएको छ । 

    प्रकाशित मिति :आषाढ ६ २०८१ बिहिवार - ०६:४३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij