Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साना किसान लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

साना किसान लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • 8.7K
    Shares

    साना किसान लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १२ हजार ४१५ कित्ता सेयर लिलामी भर्ने आज (चैत १३ गते) अन्तिम दिन हो ।

    आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २८ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । 
     
    लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

    त्यसैगरी साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, बिरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सकिनेछ ।
     

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - ११:१०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij