Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

खेलकुद

नेपाली खेलाडीसँग झगडा गर्ने बंगलादेशी उत्कृष्ट बलर कारबाहीमा, म्याचफीको १५ प्रतिशत जरिवाना

नेपाली खेलाडीसँग झगडा गर्ने बंगलादेशी उत्कृष्ट बलर कारबाहीमा, म्याचफीको १५ प्रतिशत जरिवाना


  • 3.8K
    Shares

    • images
    नेपाली खेलाडीसँग झगडा गर्ने बंगलादेशी उत्कृष्ट बलर कारबाहीमा, म्याचफीको १५ प्रतिशत जरिवाना
    images

    काठमाडौं । टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बङ्गलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ ।

    उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो । मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए ।

    त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो ।

    नेपालविरुद्धको खेलमा तन्जिम हसन शकिबले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ४ ओभरको स्पेलमा २ मेडन बलिङ गर्दै ७ रन मात्रै खर्चिएर ४ विकेट लिएका थिए ।

    उनले टी–२० विश्वकपको एक इनिङमा सबैभन्दा धेरै डट बल गर्ने कीर्तिमान पनि बनाएका छन् । यद्यपि यो रेकर्ड पछि लोकी फर्गुसनले तोडेका थिए, तर यो तन्जिम हसनको करियरको उत्कृष्ट बलिङ स्पेल थियो ।

    सोही खेलमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए ।

    बङ्गलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो ।

    दुबैबिच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए ।

    खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मैदानमा भएको विवादबारे बताएका थिए । 

    तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए । तर, सो घटनाको सामाजिक सञ्जालमा निकै विरोध भयो । 

    बास्तावमा घटना के भएको हो भन्नेबारे नेपाली कप्तान पौडेलले खेल सकिएपछि (सोमबार –३गते)भने, ‘ऊ (तन्जिम) आएर ‘हिट’ भन्यो। मैले ‘गो एण्ड बल’ (जाउ, बलिङ गर) भनेँ । अरु केही पनि हैन।’

    यही कारणआईसीसीले अहिले तन्जीम हसनविरुद्ध ठूलो कारबाही गरेको छ । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् ।

    यस खेलमा बङ्गलादेशको प्रदर्शन राम्रो रह्यो । टोलीको ब्याटिङले काम गर्न सकेन तर बलरले टोलीलाई एकतर्फी जित दिलाए । पहिले खेलेको बङ्गलादेशको टोली १९.३ ओभरमा १०६ रनमा सीमित भयो ।

    तर, जवाफमा नेपालले १९.२ ओभरमा ८५ रन मात्रै बनाउन पाएको थियो ।

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - १२:४३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij