Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु, २२ घाइते

भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु, २२ घाइते


  • 6.5K
    Shares

    भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु, २२ घाइते
    images

    मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाएका छन् । 

    यसै गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो ।

    शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए । 

    आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

    राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वाहान गरे । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

    ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको   अधिकारीहरूले  जनाए । 
     
    इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङ्ख्या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२  जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

     उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।

    प्रकाशित मिति :आषाढ ४ २०८१ मंगलवार - १३:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij