Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

गाडीभित्र निसास्सिएर ८ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा 

गाडीभित्र निसास्सिएर ८ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा 


  • 2.2K
    Shares

    गाडीभित्र निसास्सिएर ८ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा 
    images

    मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ ।

    ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए । आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरू अचेत अवस्थामा भेटिएका थिए । 

    बेहोस अवस्थामा भेटिएका उनीहरूको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर उनीहरू सबै येक्सियान काउन्टीको होङझुआङयाङ शहरमा शनिबार बिहान ३ बजेसम्ममा सबैजना मृत घोषित भएका थिए । 

    यस घटनासँग सम्लग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरू गरिएको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १४:२४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij