Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अमेरिकाका लागि उडेको विमान पुन: हङकङ नै फर्कियो, अवतरणका क्रममा टायर फुट्यो, रनवे बन्द

अमेरिकाका लागि उडेको विमान पुन: हङकङ नै फर्कियो, अवतरणका क्रममा टायर फुट्यो, रनवे बन्द


  • 3.0K
    Shares

    अमेरिकाका लागि उडेको विमान पुन: हङकङ नै फर्कियो, अवतरणका क्रममा टायर फुट्यो, रनवे बन्द
    images

    हङकङबाट अमेरिकाका लागि उडेको कार्गो विमान पुनः हङकङ नै फर्केको छ ।

    गन्तव्य नपुगी फर्केको विमान आपत्‌कालीन अवतरण गर्ने क्रममा टायर समेत फुटेको छ। टायर फुटी विमान रनवे (धावनमार्ग) मै रहँदा विमानस्थलको उत्तरी धावनमार्ग बन्द हुन पुग्यो ।

    विमान आपत्‌कालीन रूपमा किन फर्कियो भन्ने विवरण चाहिँ बाहिर आएको छैन । घटना सोमबार बिहान साढे सात बजे घटेको विमानस्थल प्राधिकरणले जनाएको छ ।

    अनलाइनमा उपलब्ध विमानको तथ्यांकअनुसार उक्त विमान एटलस एयरको कार्गो उडान ५वाई४३०४ हो ।

    सोमबार बिहान ४ः०९ मा संयुक्त राज्य अमेरिकाको एन्कोरेजको लागि प्रस्थान गरेको विमान एक घण्टापछि ताइपेइ नजिकै यु-टर्न लिई पुनः हङकङ नै फर्किएको थियो ।

    टायर फुटेको विमान सोमबार दिउँसोसम्म उत्तरी धावनमार्गमै रहँदा यसले अन्य उडान पनि प्रभावित बने ।

    ‘विमान अहिले उत्तरी धावनमार्गमा बसेको छ । यो धावनमार्ग आगामी केही घण्टामै सञ्चालन हुन सक्दैन हाम्रो अनुमान छ,’ दिउँसो पौने दुई बजे अपडेट गरिएको समाचारमा विमानस्थल प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘हामी केवल एक धावनमार्गका साथ विमानस्थल सञ्चालन गर्न सक्छौँ ।’

    उनले सञ्चालन गर्न सक्ने एक धावनमार्ग भन्नाले दक्षिणी धावनमार्गलाई इंगित गरेका थिए ।

    उत्तरी धावनमार्ग अवरुद्ध हुँदा उडानहरू प्रभावित भएकाले सम्पूर्ण यात्रुलाई आफ्नो उडान अपडेट जाँच गर्न प्राधिकरणले आग्रह गरेको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १२:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij