२०८२ फाल्गुण २३ गते शनिवार
कपन बानेश्वर (कबा) साहित्यिक साप्ताहिकले प्रदान गर्ने सम्मान तथा पुरस्कारको लागि असार २ गते आइतबार प्रतिभा चयन गरिएको छ । यो वर्ष साहित्यसेवीहरु वसन्त रिजाल, गणेश मिश्र र रुपान्जली चालिसे कबा विशिष्ट सम्मानबाट सम्मानित हुनुहुदैछ भने साहित्य पत्रकार जयराम बिडारी, महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत हुनुहुने भएको छ । यसरीनै २०८० को रचनाहरु मध्ये नालाङ्ग कबा रचना पुरस्कार (पुरुष) डा. छायादत्त न्यौपाने, पुष्कर प्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार (महिला) गङ्गा आचार्य सापकोटा, गङ्गा लिगल कबा रचना पुरस्कार (मोफसल) राम आचार्य पुष्पप्रेमी झापा, भमरकोटे कबा सुसेली पुरस्कार सुशील आचार्य र हेमगङ्गा कबा रचना पुरस्कार (बाल) बाल विकास बोर्डिङ हाइ स्कुल बुढानिलकण्ठ कक्षा १० कि अनिता तामाङलाई अर्पण गरिने भएको छ ।
कबाको प्रबन्धक साहित्यकार गङ्गा पौडेल संयोजक र साहित्यकारहरु दुर्गा अधिकारी भमरकोटे, गङ्गा खड्का सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसमा नामावली सार्वजनिक गरिएको हो । साउन ४ गते शुक्रबार २.३० मा साहित्य सदन रामहिटीमा कबाको बाह्रौं वार्षिकोत्सबको अवसरमा हुने कार्यक्रममा सो सम्मान तथा पुरस्कार अर्पण गरिने पत्रिकाका व्यवस्थापक विमल कोइरालाले बताउनु भयो । सोही कार्यक्रममा कबा साहित्यकार उपचार कोषको घोषणा गरिने कोषका कोषाध्यक्ष साहित्यकार त्रिलोचन आचार्यले जानकारी दिनुभयो ।
निबन्ध आचार्यको प्रकाशन र सम्पादनमा २०६९ सालदेखि निरन्तर प्रकाशित कपन बानेश्वरलाई नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिकाको रुपमा लिने गरिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij