२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. २ हजार ७९ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू१८९ ले बढेको हो ।
बिहिबार सेयर बजारमा २१.२९ अंकको गिरावट आएको छ । यसदिन साढे ६ अर्ब बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समूहमा बढोत्तरी छ भने बाँकी सबै समूहमा गिरावट आएको छ ।
ट्रेडिङ समूह १७४.८८ अंकले वृद्धि भएको छ भने होटल्स तथा पर्यटन समूहमा १५४.०७ अंकको बढोत्तरी छ । लगानी समूहतर्फ १०३.७२ अंकको बृद्धि छ ।
कारोवार रकमको आधारमा आज नेपाल पूर्वाधार बैंकको सेयर कारोबार बढी छ । ९१ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको निफ्राको सेयर मूल्य भने ६ सय १० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij