Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

गाडी नदीमा खस्दा १२ जनाको मृत्यु, १६ जना घाइते

गाडी नदीमा खस्दा १२ जनाको मृत्यु, १६ जना घाइते


  • 5.5K
    Shares

    गाडी नदीमा खस्दा १२ जनाको मृत्यु, १६ जना घाइते
    images

    भारतस्थित उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा शनिबार टेम्पो ट्राभलर सडकबाट चिप्लिएर अलकनन्दा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ। १० जनाको घटनास्थलमै र २ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको हो। 

    भारतीय सञ्चारमाध्यमका अनुसार टेम्पोमा २६ यात्रु सवार थिए। दुर्घटनापछि १६ जना घाइतेको उद्धार गरिएको छ। ७ घाइतेलाई हेलिकप्टरबाट एम्स ऋषिकेशमा भर्ना गरिएको छ भने ९ घाइतेलाई रुद्रप्रयाग जिल्ला अस्पताल लगिएको छ। रुद्रप्रयाग प्रकोप व्यवस्थापन अधिकारी नन्दनसिंह राजवारका अनुसार टेम्पो ट्राभलर दिल्लीबाट आउँदै थियो, यात्रुहरू बद्रीनाथ जाँदै थिए। 

    शनिबार बिहान करिब ११ बजे रैतोली गाउँ नजिकै दुर्घटना भएको राजवारले बताए। गाडी सडकबाट चिप्लिएर करिब २५० मिटर तल अलकनंदा नदीमा खसेको थियो। 

    प्रकाशित मिति :आषाढ १ २०८१ शनिवार - २०:३८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij