Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

बेरोजगारी दर ४.० प्रतिशतले घट्यो

बेरोजगारी दर ४.० प्रतिशतले घट्यो


  • 2.2K
    Shares

    बेरोजगारी दर ४.० प्रतिशतले घट्यो
    images

    अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

    अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ । 

    अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ ।

    एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ ।

    अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसहरू काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसहरूले जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा जनाए । 

    “अहिले लगभग छ लाख बेरोजगार व्यक्तिहरू भएता पनि  महामारी अघि मार्च  २०२० को तुलनामा अझै पनि एक लाख दश हजार कम व्यक्तिहरू छन् ।”

    रोजगारीमा वृद्धिका बावजुद, अष्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या अप्रिल र मेको बीचमा ०।५ प्रतिशतले घटेको छ ।

    जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसहरूको बढ्दो सङ्ख्यालाई प्रतिबिम्बित गरेको बताए ।

    बिरामी भएका कारण थोरै समय काम गरेकोले सन् २०२३ मेको जस्तै लगभग ४।२ प्रतिशत नागरिकले काम गरेको र पूर्व–महामारीको औसत ३।५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उनले बताए । 

    सहभागिता दरले काम गर्ने उमेरको जनसङख्याको अंश मापन गर्दछ । कार्यरत र सक्रिय रूपमा काम खोज्ने सङख्या ६६।८ प्रतिशतमा स्थिर रहेको छ । 

    प्रकाशित मिति :जेठ ३१ २०८१ बिहिवार - १३:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij