२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चैत १३ गते (शुक्रवार) देखि ऋणपत्र विक्री खुला गर्दैछ ।
कम्पनीले १० वर्षे अवधिको ९.५०% ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कम्पनीले उक्त ऋणपत्रको नाम “९.५०% एनसीसी ऋणपत्र २०८६” दिएको छ ।
प्रतिऋणपत्र रू १ हजार मूल्यको कुल कित्तामध्ये ११ लाख ४० हजार कित्ता मात्र आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० लाख कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ । बाँकी १८ लाख कित्ता भने कम्पनी आफैंले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
छिटोमा चैत १८ र ढिलोमा चैत २७ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनसीसी बैंकको केन्द्रीय कार्यालय बागवजार, काठमाडौं र सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयर सफ्टवेयरबाट पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ । इक्रा नेपालले कम्पनीको यो ऋणपत्रलाई मध्यम जोखिमको संकेतगर्ने इक्रा एनपी एल त्रिपल बी रेटिङ प्रदान गरेको छ ।
कम्पनीले यो ऋणपत्र विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ १० गतेनै अनुमति पाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij