Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बाबुराम नेतृत्वको पार्टी स्थापना दिवसमा रवि, सिके पुगे, प्रधानमन्त्री प्रचण्ड गएनन्  

बाबुराम नेतृत्वको पार्टी स्थापना दिवसमा रवि, सिके पुगे, प्रधानमन्त्री प्रचण्ड गएनन्  


  • 4.4K
    Shares

    बाबुराम नेतृत्वको पार्टी स्थापना दिवसमा रवि, सिके पुगे, प्रधानमन्त्री प्रचण्ड गएनन्  

    काठमाडौं । नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा रवि लामिछाने, सिके रावत लगायतका नेताहरू पगेका छन् । 

    नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले आज (बुधबार) काठमाडौंमा पार्टी स्थापना दिवस कार्यक्रम गरेको छ । 

    उक्त कार्यक्रममा नयाँ पार्टीका नेतृत्वहरू पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके रावत लगायतका नेताहरू कार्यक्रममा उपस्थित छन् । 

    nsp1.jpg

    त्यस्तै जनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा पनि कार्यक्रममा सहभागी छन् । 

    खगेन्द्र संग्रौला, युग पाठक लगायत प्रसिद्ध लेखक तथा विश्लेषकहरू पनि कार्यक्रममा सहभागी छन् । 

    तर नेसपाको स्थापना दिवसमा पुराना राजनीतिक दलहरूका कुनै पनि नेतृत्व सहभागी भएका छैनन् । 

    पार्टी केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले पुराना दलहरूलाई निम्तो नगरिएको बताए । 

     

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - १५:१४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij