Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.4K
    Shares

    हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 
    images

    काठमाडौँ । हिमालयन बैंकको करिब ५१ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

    यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। संस्थापक शेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक हुन सक्ने बैंकले स्पष्ट पारेको छ।

    तोकिएको अवधिभत्रि संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - ०९:०७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij