Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साना किसान लघुवित्तको हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन 

साना किसान लघुवित्तको हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन 


  • 7.6K
    Shares

    साना किसान लघुवित्तको हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन 
    images

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गतेदेखि विक्रीमा ल्याएको पाँच वर्ष पुरानो अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन रहेको छ ।

    कम्पनीले १२ हजार ४४२ कित्ता अवितरित हकप्रद शेयर चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी विक्री खुला गरेको हो । 

    कम्पनीले यसअघि विसं २०७२ साल मंसिर २५ देखि पुस ३० गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको ३ हजार ३६८ र सर्वसाधारण तर्फको ९ हजार ७४ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । 

    उल्लेखित शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सर्वसाधारण तर्फको शेयरको हकमा इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाहरुले र संस्थापकतर्फको शेयरको हकमा संस्थापकहरुले आवेदन दिन सक्ने व्यवस्था छ । 

    बोलपत्र चैत १३ गते अपरान्ह १ बजेभित्र नबिल इन्भेष्टमेण्ट बैंंकिङ लिमिटेड नक्साल, काठमाडौं र साना किसान विकास लघुवित्तको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, बुटवल, गजुरी, पोखरा, बीरेन्द्रनगर र बर्दिबासको शाखा कार्यालयहरुमा बुझाउन सकिनेछ । 

    बोलपत्र पेश गर्दा न्युनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 
     

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १३:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij