Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, २६.३१५८ प्रतिशत लाभांश पारित

आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, २६.३१५८ प्रतिशत लाभांश पारित


  • 2.0K
    Shares

    आइएमइ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, २६.३१५८ प्रतिशत लाभांश पारित
    images

    काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौँको नक्सालस्थित आम्रपाली ब्याकेटमा सोमबारका दिन कम्पनीको साधारण सभा सम्पन्न भएको हो । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गरेको छ । 

    लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को एनएफआरएसबमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धि अनुसूचिसहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसहमतिबाट पारित गरेको छ ।

    सभाले आ.व. २०८०/०८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एसोसिएट्सलाई वाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिकसमेत पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । 

    सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

    सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ ।

    बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पुँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । 

    साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

    कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको १८०औँ बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरूबाट सञ्चालकहरूको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू अनुमोदन गरेको छ ।

    उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - ०५:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij