Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अदालतलाई तर्साएर कांग्रेसका नेताहरूलाई घेराबन्दी गर्ने प्रपञ्च हुँदैछ: गगन थापा

अदालतलाई तर्साएर कांग्रेसका नेताहरूलाई घेराबन्दी गर्ने प्रपञ्च हुँदैछ: गगन थापा


  • 2.6K
    Shares

    अदालतलाई तर्साएर कांग्रेसका नेताहरूलाई घेराबन्दी गर्ने प्रपञ्च हुँदैछ: गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सत्तामा बसेकाहरुले अदालत र संवैधानिक निकायहरुलाई तर्साएर कांग्रेसका नेताहरुलाई एकपछि अर्को गर्दै अफ्ठ्यारोमा पार्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन्।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका केही व्यक्तिले गल्ती गरेको भए त्यसको भारी कांग्रेसले नबोक्ने पनि प्रष्ट पारे। उनले भने, ‘अदालत र संवैधानिक निकायहरुलाई प्रभावित गर्ने र तर्साउँने, फकाउने, लोभ्याउने परिपार्टी पछिल्लो समय देख्दै गइरहेका छौं। कांग्रेसका साथीहरुलाई एकपछि अर्को गर्दै कुन न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं। पार्टीले एक ठाउँमा आएर सत्यको पक्षमा पनि उभिनुपर्छ।’

    थापाले भने-
    कोही व्यक्ति शक्तिशाली र लोकप्रिय छु भन्दैमा, नयाँ छु भन्दैमा त्यसले कानूनको उलंघन गर्ने छुट पाउँछ ? कोही व्यक्ति कांग्रेस, एमाले र माओवादी छ भन्दैमा छुट पाउँदैन। प्रधानमन्त्री छ भने त अपराध गरेको छ भने दण्ड पाउनुपर्छ भनेका छौं पुरानोले पाउनुपर्छ भने नयाँले दण्ड पाउनुपर्दैन।

    मलाई सरकारमा बसेको साथीहरुले मितिहरुको पनि यसमा र उसमा संलग्नता छ भनिराख्नुभएको छ, सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धानमा गर्ने निकायहरु छ। अख्तियार, प्रहरी, प्रशासन सबै कुरा छ। हामीले पार्टीबाट निर्णय गरेर भनेका छौं एउटा एउटा विषयका खाता पल्टाउनुस्। अनुसन्धान गर्नुस्। हामीहरुमध्ये कुनै एउटा कुरामा संलग्न भएको कहिँ कतै पनि भेटिन्छ भने त्यो भारी पार्टीले बोक्दैन। त्यो व्यक्तिले बोक्नुपर्छ भनेर हामीले निर्णय गरेर भनेका छौं। निर्दोष एकजना पनि पर्नु हुँदैन। दोषी कोही पनि छुट्नु हुँदैन।

    हामीले प्रष्ट भनेका छौं अदालत र संवैधानिक निकायहरुलाई प्रभावित गर्ने र तर्साउने, फकाउने, लोभ्याउने परिपाटी पछिल्लो समय देख्दै गइरहेका छौं। कांग्रेसका साथीहरुलाई एकपछि अर्को गर्दै कुन न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं। पार्टीले एक ठाउँमा आएर सत्यको पक्षमा पनि उभिनुपर्छ। निर्दोष साथीहरुलाई कहिँ कतै अफ्ठ्यारो पार्ने काम हुन्छ भने त्यो बेलामा सिंगो पार्टी एक ठाउँमा आएर बोल्नुपर्छ। तर, कसैले गल्ती गरेको छ भने कांग्रेस भएकै कारणले छुट पाउनुपर्छ भनेका होइनौं।

    प्रकाशित मिति :जेठ २६ २०८१ शनिवार - १३:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij