Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

समाचार

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक (निर्णयसहित)


  • 3.5K
    Shares

    मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।

    हिजो (बिहीबार) बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड× नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

    हेर्नुहोस् निर्णय :

    – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने 

    – हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त 

    – उद्योगकै प्रस्तावमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने 

    – खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्विकृति दिने 

    – गृह मन्त्रालयको प्रस्तावमा आवासीय सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम तोकिएको आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने 

    –तोकिएको सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि तोकिएको मितिबाट लागु हुने गरी राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने 

    – परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य इजरायल, साउदी अरव, कतार, मलेशिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय 

    – अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राय खोटाङलाई तोक्ने निर्णय 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ बमोजिम विभिन्न ५२ वटा रोगहरुलाई संक्रामक रोगको रुपमा तोक्ने निर्णय

    – ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत भएको छ । 

    – राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय 

     

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - १६:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij