Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोनाबाट मृत्यु

सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोनाबाट मृत्यु


  • 7.8K
    Shares

    सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोनाबाट मृत्यु
    images

    सुडान । सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको ८४ वर्षको उमेरमा कोभिड १९ का कारण मृत्यु भएको छ ।

    प्रजातान्त्रिक प्रक्रियाबाट प्रधानमन्त्रीमा चुनिएका मेहदी तत्कालिन राष्ट्रपति ओमर अल बसिरद्वारा १९८९ मा वर्खास्त भएका थिए ।

    वर्खास्त भएपछि नै प्रतिपक्षी दल नेश्‍नल उमा पार्टीको नेताको रुपमा मेहदीले लोकतान्त्रिक मुल्य मान्यता र मानव अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए ।

    अचानक कोभिड १९ को संक्रमण पुष्टि भएपछि मेहदी थप उपचारका लागि यूएई गएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । 

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १३:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij