Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद् बैठक

संघीय राजधानी दाङमा सार्न माग

संघीय राजधानी दाङमा सार्न माग


  • 4.0K
    Shares

    संघीय राजधानी दाङमा सार्न माग

    barshman pun.jpg.crdownload :To download file click hereकाठमाडौं । देशको संघीय एवं केन्द्रीय राजधानी काठमाडौंबाट दाङमा सार्न माग गरिएको छ । संघीय संसद् बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष प्रेम सुवालले संघीय राजधानी दाङ सार्न माग गरेका छन् । 

    आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद तथा नेमकिपाका अध्यक्ष सुवालले देशको संघीय राजधानी दाङमा सार्न माग गरेका हुन् । उनले गाउँबाट जनमत पाएर राजधानीमा छिरेका सांसदलाई प्रश्न गर्दै गाउँको विकास गर्न छोडेर शहरमा बस्नु उपयुक्त नहुने तर्क गरे । 

    त्यस्तै उनले काठमाडौं उपत्यकामा बढ्दो शहरीकरण र जनसंख्याले भूकम्प लगायतका थुप्रै विपतजन्य घटनाको जोखिम भएको औँल्याए । ‘काठमाडौंको सेवा सुविधा उपत्यका बाहिर पुर्याएर सबै स्थानीय तहहरूमा शहर विकास गर्न जरुरी छ । काठमाडौं भूकम्प जोखिम क्षेत्र र विश्वकै प्रदूषित शहरमा दर्ता भएको हुँदा यहाँका बासिन्दा कुनै पनि घडीमा एक चिहान हुने खतरा छ । त्यसैले संघीय राजधानी नेपालको दाङ उपत्यकामा सार्नु जरुरी छ,’ उनले भने । 

     

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - १३:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij