२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।
उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफूहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij